पहाडी जिल्ला पाल्पामा व्यावसायिक फूलखेती फस्टाएको छ । पहिलो पटक व्यावसायिक फूल खेती गरेका रामपुर नगरपालिका–४, देवीस्थानका दिलबहादुर थापा र माथागढी गाउँपालिका–२, रुप्सेका दामोदर घर्तीले पहिलोपटक व्यावसायिक फूल खेती गरेका हुन् । त्यसपछि बल्ल पाल्पाका विभिन्न स्थानमा फूलखेती सुरु भएको हो । यतिबेला पाल्पाका दर्जन बढी फूल व्यवसायीको बारीमा ढकमक्क फूल फूलेको छ ।