साढे दुई वर्षअघि एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले पार्टी गठनयताका धेरैजसो समय सरकारमै रहेर बिताएको छ। यो पार्टी अहिले पनि सरकारमै छ। तर आफ्नै दल सहभागी भएको सरकारप्रति एकीकृत समाजवादीमा सन्तुष्टिको स्वर भने निकै कम सुनिन्छ। खासगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका सम्मानित नेता झलनाथ खनालले सरकारको चर्को आलोचना गर्ने गरेका छन्। नेता खनालले कांग्रेससहितको गठबन्धनमा रहने अवस्थासमेत नरहेको बताएका थिए। वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका नेता खनालको यस्तो गतिविधि