हिउँदको समयमा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमालको सफल आरोहण गरेर कीर्तिमानी राख्न सफल दस नेपाली पर्वतारोहीलाई आज पोखरामा भव्य नागरिक अभिनन्दन गरिएको छ ।
सो टोलीलाई बाजागाजासहित पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईलगायत पर्यटन व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिले पुष्पगुच्छा र खादासहित स्वागत गरेका थिए । आरोहीलाई विमानस्थलबाट पृथ्वीचोक, नयाँबजार, न्युरोड र सृजनाचोक हल्लनचोक परिक्रमा गरेर स्थानीय रिसोर्टमा सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जि...