डिजेल चोरी प्रकरण : पेट्रोलियम एसोसिएशनका प्रतिनिधि ढुङ्गाना र ट्याङ्करचालक पक्राउ

पर्वत : बिल र भौचरमा उल्लेख गरेभन्दा बढी परिणामको डिजेल लोड गरेर पठाएको र त्यो डिजेल ओसारेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार गण्डकी धवलागिरि पेट्रोलियम एसोसिएशनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र डिजेल ओसार्न प्रयोग भएको ट्याङ्करका चालक निर्मल थापालाई नियन्त्रणमा लिइएको हो।गत साउन २५ गते दिउँसो करिब ३ बजे कास्कीको पोखरा महानगरपालिका–३० पावर हाउसस्थित नेपाल आयल निगम