धनकुटा : नदीको बगरमा उखुखेती गर्न थालेपछि साँगुरीगढी गाउँपालिका–७ उखुडाँडाका तीर्थबहादुर लिम्बूको दिनचर्या बदलिएको छ।तमोर नदीको बगरमा उनले उखुखेती गर्दै आएका छन्। बगरमै उखुखेती गरेर सबैभन्दा बढी आम्दानी गर्ने किसानका रूपमा लिम्बू गाउँमै परिचित छन्।पटकपटक तमोर नदीमा आएको बाढीले उनीसहित धेरै परिवारको जग्गा बगाएर बगरमा परिणत भएको थियो। नदीले जग्गा बगाएपछि परिवार पाल्नकै लागि उनीहरूलाई अन्यत्र भौँतारिनुपर्ने बाध्यता थियो तर उखु किसानले आफ्नै मेहनतमा उखुखेतीलाई पटकपटक जीवित बनाउँदै आए