बेलायतमा भाँडा माझ्नेदेखि सुप्पर सेफसम्मका काम गरेर फर्केका नेपाली युवा विनय गौतमले ‘कोशेली थकाली’ रेष्टुरेन्ट खोलेका छन् । ३५ बर्षिय विनय आजभन्दा १३ बर्ष अघि अवसरको खोजीमा बेलायत छिरेका थिए । बेलायतमा रहँदा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा काम गरेका विनयले काठमाण्डौको शंखमुलस्थित आलोकनगरमा ‘कोशेली थकाली’ नामको रेष्टुरेन्ट खोलेका हुन् । विनयले बेलायतको अनुभवले उक्त रेष्टुरेन्टमा सेवा दिने पनि उल्लेख गरे । स्वदेशमा नै केही गरौँ भन्ने उद्देश्यले खोलेको उक्त रेष्टुरेन्टम