चीनले सबै किसिमका क्रिप्टोकरेन्सी कारोबार अवैध हुने घोषणा गरेको छ । चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले सबै क्रिप्टोकरेन्सी गैरकानूनी रहेको घोषणा गरेको हो ।
भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नभएका मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि रहेको केन्द्रीय बैंकले बताएको छ ।
चीन क्रिप्टोकरेन्सीका लागि विश्वका ठूलो मध्येको एक बजार हो । चीनले...