फिफा र यूईएफएले लगाए रुसमाथि प्रतिबन्ध

काठमाडौं, १७ फागुन । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसमाथि प्रतिबन्ध लगाएका छन् । फुटबलका दुई सर्वोच्च निकायले अर्को सूचना नआएसम्मको लागि प्रतिबन्ध गर्ने घोषणा गरेका हुन् । रुसले युक्रेनमा आक्रमण गरेपछि फिफा र यूईएफएले रुसमाथि प्रतिबन्ध गरेका हुन् । फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई सबैखाले […]

सम्बन्धित सामग्री

प्रतिबन्धविरुद्ध रुसले गरेको अपिल अस्वीकार

आफूमाथि फिफा र यूईएफएले लगाएको प्रतिबन्धविरुद्ध रुसले गरेको अपिल अस्वीकार भएको छ । खेलकुदको सर्वाेच्च न्यायिक निकाय कोर्ट फ आर्बिट्रेसन अफ स्पोर्टस् (कास)ले अपिल अस्वीकार गरेको हो ।रसियन फुटबल युनियनले प्रतिबन्ध फुकुवाका लागि कासमा अपिल गरेको थियो । पछिल्लो समय रुसले युक्रेनमा आक्रमण गरेपछि त्यसको असर खेल क्षेत्रमा पनि परेको हो । उक्त आक्रमणको विषयलाई लिएर विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसमाथि प्रतिबन्ध गरेको थियो ।प्रतिबन्धको असर रुसको राष्ट्रिय टो

फिफा र युईएफएद्वारा रुसमाथि प्रतिबन्ध

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको नियामक निकाय युईएफएले रुसलाई सबैखाले फुटबल प्रतियोगिताका लागि अनिश्चितकालिन प्रतिबन्धको घोषणा गरेको छ।फिफा र युईएफएले संयुक्त विज्ञप्ती जारी गर्दै रसियाको राष्ट्रिय फुटबल टीम  र क्लबहरुलाई अर्को सुचना नभएसम्मका लागि प्रतिबन्ध लगाएको उल्लेख गरेको छ।रसियाको फुटबलको नियामक निकाय आरएफयुले  भने यो निर्णयको चर्को विरोध गरको छ। उसले फिफा र युइएफएले अन्तराष्ट्रिय खेलकुद कानुनको गम्भिर उल्लंघन गरेको आरोप लगाएको छ।फिफाले आइतबार

फिफाले पनि लगायो रुसमाथि प्रतिबन्ध, विश्वकप छनौट खेल नै प्रभावित हुने

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुस माथि विभिन्न प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमाथि आक्रमण थालेपछि फिफाले रुसलाई प्रतिबन्ध लगाएको हो । फिफा अध्यक्ष र ६ वटा महादेशको फुटबल संघका अध्यक्ष सम्मिलित फिफा काउन्सिलको बैठकले रुस माथि प्रतिबन्ध लगाएको हो । जस अनुसार अब अर्को निर्णय नभएसम्म रुसमा कुनै पनि अन्तराष्ट्रिय फुटबल खेल संचालन गर्न पाउने छैन । रुस आफै सम्मिलित खेल पनि तेस्रो मुलुक (न्युट्रल भेन्यु) मा गर्नु पर्ने छ र दर्शक राख्न पाईने छैन । साथै रुसले रुसको नामबाट कुनै पनि फुटबल प्रतियोगिता खेल्न पाउने छैन । खेल्नु परेमा उसले फुटबल युनियन अफ रसियाको नामबाट खेल्नु पर्ने छ र त्यस खेलमा रुसको राष्ट्रिय गान र राष्ट्रिय झन्डा प्रयोग गर्न पाउने छैन । यस संगै रुसको विश्वकप छनौट खेल प्रभावित हुने भएको छ । सन् २०२२ मा हुने कतार विश्वकपको छनौटमा रुस र पोल्याण्डबीच प्रतिस्पर्धा हुनु पर्ने तालिका छ । तर पोल्याण्डले रुससँग प्रतियोगिता नखेल्ने घोषणा गरेको छ । फिफाले यसबारे जानकारी लिएको र छलफलपछि उचित निर्णय लिने जनाएको छ । चेक रिपब्लिक र स्विडेनले पनि रुस सँग कुनै पनि फुटबल नखेल्ने घोषणा गरेका छन् ।