विद्युतीय अपराधका घटना बढ्दै गएकोमा सरोकारवालाको चिन्ता

रुपन्देही । सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न खालका अपराधहरु बढ्दै गएको र यसमा बालबालिका र महिलाहरु बढी पीडित बनेकाले सर्तक रहन आग्रह गर्दै नियामक निकायलाई कडाई गर्न आग्रह गरिएको छ । विद्युतीय अपराधका घटना बढ्दै गएको र मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको सरोकारवाला क्षेत्रका प्रतिनिधिले बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा मंगलवार […]

सम्बन्धित सामग्री

विद्युतीय अपराध बढ्दै

रुपन्देहीमा विद्युतीय अपराधका घटना बढ्दै गएको र मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको भन्दै सरोकारवालाले चिन्ता प्रकट गरेका छन् । सामाजिक सञ्जाल प्रयोग गरी विभिन्न खालका अपराध बढ्दै गएको र त्यसमा बालबालिका तथा महिला बढी पीडित बन्न पुगेको बताइएको छ ।

बैंकिङ कसुरको अत्यास

बैंकिङ क्षेत्र सर्वसाधारणको विश्वासमा सञ्चालित व्यवसाय हो र हुनुपर्छ । किनकि सर्वसाधारणको बैंकप्रति विश्वासमा कमी आएमा बैंक तथा वित्तीय संस्था धराशयी हुन पुग्छन् । संसारभरी नै बैंकिङ प्रणाली सर्वसाधारणको विश्वास वा भरोसामा चलेको हुन्छ । त्यसैले त सर्वसाधारणको विश्वास र भरोसाले वर्षौंसम्म बैंक तथा वित्तीय संस्था सञ्चालन भइरहेका हुन् । तर, कुनै कारणले विश्वास गुुम्यो भने समस्या आजको आजै निम्तिन सक्छ । सर्वसाधारणको बैंक तथा वित्तीय संस्थाप्रतिको विश्वास कस्तो छ भन्ने कुरा थाहा पाउन शुरुआती अवस्थामा पुग्नुपर्ने हुन्छ । नेपालमा सगंठित रूपमा बैंकिङ संस्थाहरूको स्थापना विसं १९९४ मा नेपाल बैंक लिमिटेडको स्थापनापश्चात् भएको हो । विसं १९९४ मा नेपाल बैंक कानून, १९९४ बमोजिम नेपाल बैंक लिमिटेडको स्थापना भयो । नेपाल राष्ट्र बैंकको स्थापना नहुँदासम्म (२०१३ वैशाख १४ अघिसम्म) नेपाल बैंक लिमिटेडले केन्द्रीय बैंकका रूपमा कार्य गरेको पाइन्छ । तत्पश्चात् सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र निजीक्षेत्रको संलग्नता सँगसँगै स्वदेशी तथा विदेशी लगानीमा बैंक तथा वित्तीय संस्था स्थापना हुने क्रम बढ्न थाल्यो ।  बैंकिङ कसुर वित्तीय अनुशासनको कमीले हो वा आपराधिक क्रियाकलापका कारण हो भन्ने कुरा छुट्ट्याउन कठिन परिरहेको छ । २०४६ सालपछि निजीक्षेत्र र विदेशी लगानीमा बैंक तथा वित्तीय संस्थाहरूको स्थापना हुन थाल्यो । शुरूशुरूमा पासबुकमार्फत बैंक मौज्दातको विवरण राखी हेर्ने अभ्यास आजभोलि घरमा बसी सूचनाप्रविधिका माध्यमबाट खाता खोल्ने, रकम हस्तान्तरण गर्नेलगायत सेवासुविधा प्राप्त गर्न सकिन्छ । चाहे पासबुकमार्फत मौज्दात राख्ने अवस्था होस् चाहे आधुनिक प्रविधिको प्रयोग, बैंकप्रति सर्वसाधारणको निरन्तर विश्वास कायम रहेको देखिन्छ । यद्यपि बैंक तथा वित्तीय संस्थाका तर्फबाट कुनै कमजोरी भएको खण्डमा नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम बैंक तथा वित्तीय संस्थाको कामकारबाही नियमित र व्यवस्थित गर्न आवश्यक निर्देशन दिन सक्ने अधिकार छ ।  जतिजति बैंकिङ प्रणाली आधुनिक हुँदै गएको छ, त्यसरी नै पछिल्लो समयमा बैंकिङ कारोबार पनि सहज भइरहेको छ । तर, यससँगै बैंकिङ अपराधको घटनाहरू पनि बढिरहेका छन् । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका अनुसार चालू आर्थिक वर्षको असार १२ देखि कात्तिक मसान्तसम्म प्रहरीले २ हजार ६५१ बैंकिङ कसुरका फाइल सरकारी वकिलको कार्यालयमा पठाएको छ । देशभरि भइरहेको यस्तो अपराधको तथ्यांक संकलन गर्ने हो भने ठूलो संख्या हुने देखिन्छ । सरकारी वकिल कार्यालयमा बैंकिङ कसुरका फाइल अत्यधिक भएपछि दरबन्दी अनुसारका कर्मचारीको समेत अभाव हुन थालेको छ । बैंकिङ कसुरका अपराध बढ्दा त्यसले गम्भीर चिन्ता बढाएको सरोकारवालाले बताउन थालेका छन् । बैंकिङ कसुर वित्तीय अनुशासनको कमीले हो वा आपराधिक क्रियाकलापका कारण हो भन्ने कुरा छुट्ट्याउन कठिन परिरहेको छ । एकले अर्कोलाई ठगी गर्दा रमाउने प्रवृत्तिको विकास भएको हो भने पनि राज्यले नयाँ ढंगबाट काम गर्न आवश्यक हुन्छ नै तर यो केवल वित्तीय अनुशासनहीनता हो भने जनचेतनाको माध्यमबाट सुधार गर्न सकिने हो कि ? त्यसैले सरकारले सबभन्दा पहिला किन यस्तो भइरहेको छ भन्नेबारे गहिरो अनुसन्धान गर्नुपर्ने देखिएको छ । हुँदाहुँदा समाजमा गन्यमान्य कहलिएका व्यक्तिसमेत बैंकिङ कसुरमा दोषी ठहरिएका उदाहरण देखिएका छन् । त्यसैले अहिलेलाई बैंकिङ कसुरका घटना बढ्नुको कारण के हो भन्नेबारे खोजी गर्नु आवश्यक छ । अरू समस्या जस्तै यसलाई पनि यस्तै त हो नि भन्दै लापरवाही गर्ने हो भने वर्षौंदेखि विश्वासमा चल्दै आएका बैंक तथा वित्तीय संस्थामाथि नै प्रश्न नउठ्ला भन्न सकिँदैन । आर्थिक अपराधका घटना बढ्दै जाँदा नै समाजमा अनुशासनहीनता, उदण्डता बढ्ने हो । तर, सरकारको तर्फबाट भने अहिलेसम्म बैंकिङ कसुरका तथ्यांक बढ्यो भन्नुबाहेक किन बढ्यो र अबको रणनीतिक केकस्तो हुने भन्नेबारे खासै तयारी गरिएको देखिँदैन । त्यसैले सरकारले यस्ता कसुरलाई सामान्य नठानी यसमा गहिरो खोज गरी समस्या समाधानका लागि तत्काल योजना बनाउन आवश्यक देखिएको छ । बैंकिङ कसुर सर्वसाधारणले मात्र नभई बैंककै कर्मचारी वा बैंकिङ क्षेत्रका विज्ञ व्यक्तिले समेत गर्न सक्ने भएकाले यसमा झनै गम्भीर बन्न आवश्यक देखिएको हो । बैंकिङ कसुर बढ्दै गएमा त्यसैले कुनै एउटा बैंक वा वित्तीय संस्थालाई मात्र असर नगरी देशको बैंकिङ प्रणाली तथा अर्थतन्त्रलाई नै प्रभाव पार्छ ।

बैंकिङ अपराधका घटना बढ्दै, प्रहरीमा उजुरीको चाङ

काठमाडौं । चेक बाउन्स ठूलो समस्याको रुपमा देखिएको छ । बाउन्स चेकको मुद्दा प्रहरीका लागि टाउको दुखाईको विषय बनेको छ । शान्ति सुरक्षाको दायित्व निर्वाह गर्नुपर्ने प्रहरी बैंकिङ अपराधको चाप धान्न हम्मेहम्मे हुँदा कठिन भएको छ नै, पीडितले अपेक्षित न्याय पाउन सकेका छैनन् । बैंकिङ अपराध यति बढेको छ कि प्रहरीको स्रोत साधनले भ्याउन छोडेको […]

पाकिस्तानको कराँचीमा आपराधिक घटना बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानको कराँचीमा अपराधका घटना बढ्दै गएको देखिएको छ । पाकिस्तानको आर्थिक केन्द्र मानिने कराँची शहरमा बालिकाहरु अपहरणमा पर्ने घटना बढ्दै गएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । केही समय कराँचीबाट १४ वर्षे बालिका अपहरणमा परेकी थिइन् । त्यसको केही दिनलगत्तै कराँचीको साउदावाद क्षेत्रबाट अर्की बालिका पनि अपहरणमा परेको […]

अपराधको फेरिएका शैली : बलि दिन मोडलिङको अफरदेखि मलद्वारमा सुन लुकाउनेसम्म

काठमाडौं : नेपालमा पछिल्लो समय अपराधका घटना बढ्दै गएका छन्। समाजमा विभिन्न खालका अपराधका श्रृखंला एक पछि अर्को थपिनु राज्यका लागि चुनौती हो।पछिल्लो समयमा लागू औषधको मात्र विषय हेर्ने हो भने दैनिक ६ जना पक्राउ पर्ने प्रहरीको तथ्यांकले देखाउँछ।यसबाहेक हत्या, मानव बेचविखन, अनलाइन ठगी, हत्या हिंसा, हत्या दुरुत्साहन, तस्कर, स्रोत बिनाको रकमको ओसारपसार, अनलाइन जुवा, क्रिप्टो करेन्सीको धन्दा, चोरी, डकैत, बलात्कार, एसिड आक्रमणजस्ता घटना दिनकै सुनिँदै आएका छन्।बढ्दो प्रविधिका कारण  पनि अपराधमा

‘कानूनी अनविज्ञताले न्याय सम्पादनमा सकस’

जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा राजेन्द्र आचार्यले कानूनी अनविज्ञताले न्याय सम्पादनमा सकस भएको बताउनुभएको छ । आर्फिक्स नेपालद्वारा शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली ल कन्क्लेभ’ कार्यक्रममा बोल्दै न्यायाधीश डा आचार्यले कानुनी अनविज्ञताका कारण सामाजिक अपराधका घटना बढ्दै गएको बताउनुभयो । “पछिल्लो समय सबैभन्दा बढी जबरजस्ती सम्बन्ध विच्छेदको घटना बढेका छन्,” उहाँले भन्नुभयो, “सहमतिको […]

अशिक्षा र अज्ञानता नै आपराधिक घटनाको कारक

सुदूरपश्चिममा पछिल्लो समय बलात्कार तथा अपराधका घटना बढिरहेको छ । अपराधका घटना बढ्दै जाँदा सुदूरपश्चिममा त्यसले विभिन्न क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । सुदूरपश्चिम क्षेत्रको हिमाली भेगदेखि तराईसम्म यस्ता अपराधका घटनाले जरो गाडेको छ । दिनहुँ घट्ने यस्ता अपराधमध्ये सुदूरपश्चिममा बलात्कारका घटनाले पनि जरो गाडेको छ । सुदूरपश्चिमको बाजुरा जिल्लाकी सम्झना विक, बैतडी जिल्लाकी भागरथी […]

रौतहटमा जघन्य अपराधका घटना बढ्दै

पछिल्लो समय रौतहटमा जघन्य अपराधका घटना बढ्दै गएपछि जिल्लावासी त्रसित भएका छन्। एक हप्ता नबित्दै दुई जनाको हत्या भएपछि रौतहटमा त्रास बढेको स्थानीयको भनाइ छ।