चुनाव बिथोल्ने विप्लव समूहको निर्णयपछि सुरक्षा निकायसँग आयोगको छलफल

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बिथोल्ने  विप्लव समूहको निर्णयपछि निर्वाचन आयोगले सुरक्षा निकायसँग छलफल गरेको  । बुधवार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसबारे जानकारी दिएका हुन् । उनले आयोगले यो वर्ष सर्वसहमतिमा चुनाव हुने विश्वास गरेकोमा उक्त समूहको निर्णय अनपेक्षित रहेको बताए । यसबारेमा सुरक्षा निकायसँग आयोगले छलफल गरेको बताउँदै उनले शान्तिपूर्ण रूपमा चुनाव हुने विश्वास व्यक्त गरे । आयोगले प्रधानमन्त्रीसहित  संघ र क

सम्बन्धित सामग्री

रवि लामिछानेको पार्टी प्रदेशसभा चुनावमा सहभागी नहुने

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगबारे छलफल गर्न महाअभियोग सिफारिस समितिको बैठक बुधबार बस्दैछ। रवि लामिछानेको पार्टी प्रदेशसभा चुनावमा सहभागी नहुने भएको छ। विप्लव नेतृत्वको नेकपाले चुनाव वहिष्कार गर्ने घोषणा गरेको छ। गठबन्धनको कार्यदलको आजको बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेश हुँदैछ। आजदेखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोला प्रयोग गरे कारबाही हुने भएको छ।

सम्पत्ति प्रचण्डलाई बुझाएँ, छोरो प्रहरी बन्यो : हेमन्तप्रकाश ओली

फणीन्द्र नेपाल/वीरेन्द्र ओलीकाठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’का अनुसार नेकपाको गत चैत ४ गतेबाट १२ गतेसम्म कपिलबस्तुमा बसेको केन्द्रीय कमिटी बैठकमा तीनवटा एजेण्डामा छलफल भयो । त्यस क्रममा महासचिव विप्लवले चुनावलाई उपयोग गरेर जानुपर्ने भनेर पेश गरेको प्रतिवेदन बहुमतबाट अस्वीकृत नै भयो ।महासचिव विप्लवले ल्याएको प्रस्तावको विपरीत चुनाव बहिस्कार गर्नुपर्छ भन्ने मध्येका एक नेता थिए ओली । बैठकमा महासचिव विप्लवको लाइन फेल भएर ओलीको

‘जनकम्युन’मा जौं कटान, पार्टी कार्यालयमा चुनावको बहस

११ चैत, काठमाडौं । नेक्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक  शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा चलिरहेको छ । शिवगढी विप्लवको गृहनगर पनि हो । त्यहाँ नेकपाको केन्द्रीय कार्यालय पनि छ र ‘जनकम्युन’ पनि सञ्चालन गरिरहेका छन् । नेकपाका केन्द्रीय सदस्यहरु, स्थानीय तहको चुनाव उपयोग गर्नुपर्ने मतसहितको राजनीतिक प्रतिवेदनमा बिहीबारसम्म छलफल गरे । […]

विप्लवको प्रस्ताव : चुनावमा जाऔं

कपिलवस्तु । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस भएको छ । कपिलवस्तुको शिवगढीमा शुक्रबार सुरु भएको बैठमा महासचिव विप्लवले चुनाव उपयोग गरेर जानुपर्ने मतसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको र भोलिसम्म अध्ययन गरेर पुनः छलफल सुरु […] The post विप्लवको प्रस्ताव : चुनावमा जाऔं appeared first on राजधानी राष्ट्रिय दैनिक.

चुनाव उपयोग वा बहिस्कारबारे निर्णय गर्न विप्लवले बोलाए केन्द्रीय समिति बैठक

४ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे छलफल गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक बस्दै छ । कपिलवस्तुको शिवगढीमा शुक्रबार बिहानदेखि बैठक सुरु हुने सचिवालय सदस्य धर्मेन्द्र वास्तोलाले जानकारी दिए । प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिस्कार गर्ने भन्नेबारे […]

नेकपा विप्लवको केन्द्रीय कमिटी बैठक शुक्रबार सुरु हुँदै

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । केन्द्रीय कमिटीको बैठक शुक्रबार कपिलवस्तुमा सुरु हुने पार्टीले जनाएको छ । बैठकमा स्थानीय तहको चुनाव, पार्टीको अबका कार्ययोजनालगायत विषयमा छलफल हुने बताइएको छ । नेकपा विप्लव समूहले वैशाख ३० गते हुने स्थानीय चुनावमा सहभागी हुने÷नहुने विषयमा अझै निर्णय गरिसकेको छैन […]

माओवादीसँग एकताका लागि छलफल भएको छैन : धर्मेन्द्र बाँस्तोला (भिडियो)

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताका लागि कुनै छलफल नै नभएको स्पष्ट पारेको छ । शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता धर्मेन्द्र बाँस्तोलाले चुनावमा पराजय हुने डरले माओवादी अध्यक्ष प्रचण्डले नेकपासँग एकताको कुरा गरेको हुनसक्ने भन्दै आफ्नो पार्टीभित्र कुनै छलफल नभएको बताएका छन् । माओवादीको अवको चुनाव बिग्रने […]