सम्पत्ति प्रचण्डलाई बुझाएँ, छोरो प्रहरी बन्यो : हेमन्तप्रकाश ओली

फणीन्द्र नेपाल/वीरेन्द्र ओलीकाठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’का अनुसार नेकपाको गत चैत ४ गतेबाट १२ गतेसम्म कपिलबस्तुमा बसेको केन्द्रीय कमिटी बैठकमा तीनवटा एजेण्डामा छलफल भयो । त्यस क्रममा महासचिव विप्लवले चुनावलाई उपयोग गरेर जानुपर्ने भनेर पेश गरेको प्रतिवेदन बहुमतबाट अस्वीकृत नै भयो ।महासचिव विप्लवले ल्याएको प्रस्तावको विपरीत चुनाव बहिस्कार गर्नुपर्छ भन्ने मध्येका एक नेता थिए ओली । बैठकमा महासचिव विप्लवको लाइन फेल भएर ओलीको