मुम्बई क्रुज ड्रग्स केसमा जाँचको आँच बढेर अब नायिका अनन्या पाण्डेसम्म पुगेको छ । बिहिबार उनलाई सवा दुई घण्टा सोधपुछपछि एनसीबीले उनलाई आज बिहान ११ बजे पुनः बोलाएको छ । अनन्या बिहिबार तोकिएको समयभन्दा दुई घण्टा ढिलो गरी बेलुकी ४ बजे एनसीबी अफिस पुगेकी थिइन् र करिब ६ बजेर १५ मिनेटमा आफ्ना पिता चंकी पाण्डे र वकिलसँग एनसीबीको कार्यालयबाट बाहिर निस्किएकी थिइन् ।अनन्यासँग आज आर्यनसँगको ह्वाट्सएप च्याट देखाएर प्रश्न सोध्न सकिने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । एनसीबी आ