सार्वजनिक जग्गा संरक्षण अभियानमा जुट्यो रामग्राम नगरपालिका

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका अतिक्रमित सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको छ । रामग्राम नगरपालिका नगर प्रमुख धनपत यादवले नगरभित्रका बेवारिशे तथा अतिक्रमित जग्गाहरुको खोजतलाश गरि संरक्षणका लागि सक्रियता देखाएका छन् । शुक्रबार मेयर यादवले, पालिकाको अमिन र प्राविधिक टोलीसहित रामग्राम वडा १ स्थित सिद्धार्थ टोलमा पुगेर त्यहाँ रहेको सार्वजनिक जग्गामा  होर्डिङ्ग बोर्ड राखेका छन्  । उक्त बोर्डमा सार्वजनिक जग्गाको संरक्षण गर्न आग्रह गरिएको छ । यो अभियानलाई आगामी दिनमा निरन्तरता