काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ ।
सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा चालु आर्थिक वर्षमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको मेयर बालेन्द्र शाहले बताउनुभयो ।
पालिकाकोे चुनावका समयमा आफूले जारी गरेको घोषणापत्रअनुसार काम गर्दै जाने क्रममा एक वर्षको अवधिमा यति सार्वजनिक जग्गाको संरक्षण गर्न सम्भव भएको उहाँको भनाइ छ ।
घोषणपत्रमा भनेअनुसारको काम गर्ने पुनः प्रतिबद्धता जनाउँदै मेयर श...