रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जाने नेपाली कामदार सिधा उडान गरेबापत ४ सय ८३ डलर (करिब ६३ हजार रुपैयाँ) महँगो शुल्क तिर्न बाध्य छन् । कोरोना महामारीअघि हवाई शुल्क ४ सय ११ दशमलव ७५ डलर (करिब ५४ हजार) मात्र रहेकामा महामारीपछि कामदारले ८ सय ९५ डलर (करिब १ लाख १७ हजार) तिर्नु परिरहेको हो ।