नेकपा एमाले विवादमा माधवकुमार नेपाल पक्षले माग गरेको अन्तरिम आदेश दिन सर्वाेच्च अदालतले अस्वीकार गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेपछि कारवाही सम्बन्धी कुनै निर्णय नगर्न अन्तरिम आदेश हुन नेपाल पक्षले माग गरेको भएपनि अदालतले आदेश दिएन ।
निर्वाचन आयोग, एमाले अध्यक्ष ओली लगायतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
एमाले महाधिवेशन आयोजक कमिटीको बैठकबाट वैशाख ६ गते नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधिएपछि अदालतमा रिट दायर गरिएको थियो ।&...