बैंक ब्याजदर वृद्धिविरुद्ध अर्थमन्त्री जनार्दन शर्मा एक्सनमा उत्रिएका छन् । असोज महिनाका लागि बैंकहरुले आफू खुशी १० प्रतिशतसम्मले ब्याजदर वृद्धि गरेसँगै चौतर्फी विरोध भइरहेको छ । यसै विरोधका बीच आइतबार अर्थमन्त्री शर्माले ७ सदस्यीय ब्याजदर अध्यक्ष समिति गठन गराएका हुन् ।आइतबार दिउँसो अर्थमन्त्रालयमा राष्ट्र बैंकका प्रतिनिधि, बैंकर्स संघ, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशका प्रतिनिधिहरूलाई बोलाएर मन्त्री शर्माले छलफल गरेका छन् । सोही छलफलमार्फत मन्त्री शर्माले अर्