कपिलवस्तुमा चाडपर्वमा सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले टाइम कार्ड लागु गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागु गरेको हो ।चाडपर्व सुरु भएपछि सवारीको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिम समेत बढ्दै गएकाले टाइम कार्ड लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । जिल्लामा गत शनिवार ३ स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका थिए । दुर्घटना न्यूनीकरणका