कपिलवस्तु : कपिलवस्तुमा चाडपर्वमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि टाइम कार्ड लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागू गरेको हो।चाडपर्व सुरु भएपछि सवारीको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिमसमेत बढ्दै गएकाले टाइम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए।जिल्लामा शनिबार ३ स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका थिए। दुर्घटना न्यूनीकरण