सल्यान : राप्ती राजमार्गमा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले समय निर्धारण प्रणाली (टाइम कार्ड) कार्यान्वयनमा ल्याएको छ।राप्ती राजमार्गको दाङ कपुरकोट हुँदै रुकुम चल्ने गाडीमा समय निर्धारण गरिएको छ। टाइम कार्ड लिएका सवारीसाधनले प्रहरी चौकीमा अनिवार्य प्रवेश (इन्ट्री) गराउनुपर्ने छ।तोकिएको समयभन्दा छिटो पुगेमा यातायात नियमावली अनुसार कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख लक्ष्मण विकले बताए। प्रत्येक सवारीसाधनलाई एक एकवटा समय निर्धारण कार