सभामुख अग्नि सापकोटाले पुत्र रूपक सापकोटालाई चीनको राजदूत बनाउन ताकेता गरेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सापकोटालाई राजदूत बनाउन सभामुखले माथिल्लो तहबाट पहुँच प्रयोग गरेका छन्। ‘परराष्ट्र मन्त्री नारायण खड्का भने चीनजस्तो छिमेकी र महत्त्वपूर्ण देशमा ‘काँचो व्यक्ति’ लाई राजदूत बनाउने मुडमा छैनन्–परराष्ट्र स्रोतले भन्यो‘ मन्त्री ज्यु कमसेकम लीलामणि पौडेल जस्तो दख्खल व्यक्तित्वलाई चीन पठाउनु खोज्नु भएको देखिन्छ।’ स्रोतले भन्यो, यसमा प्रधानमन्त्री तहबाट पनि केही दबाब आएको छैन।’ रूपक सापकोटा हाल परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वउपकार्यकारी निर्देशक छन्।