काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुनै औपचारिक निर्णय नै नगरी जयनेपाल हलदेखि काठमाडौँ प्लाजासम्मको टुकुचा खोलाको भूमिगत सुरुङ भत्काउन थालेको पाइएको छ । तर अदालतले यस सम्बन्धमा भएका निर्णय ल्याउन भनेपछि भने महानगर अलमलमा परेको छ । १२ साउनमा काठमाडौँ महानगरले टुकुचा खोलाको अतिक्रमण हटाउनेबारे सूचना निकालेको थियो । सूचनामा भनिएको थियो, ‘काठमाडौं महानगरपालिका वडा नम्बर […]