काठमाण्डाै - सरकारको पूर्ण स्वामित्वमा सञ्चालन भइरहेको उदयपुर सिमेन्टको उत्पादन र बिक्री बढेको छ ।
एक वर्षअघि उद्योगको महाप्रबन्धकको हैसियतले गोपीकृष्ण न्यौपानेले नेतृत्व सम्हालेपछि उत्पादन, बिक्रीसँगै वित्तीय व्यवस्थापनमा पनि सुधार आएको उद्योगले दाबी गरेको छ ।
अघिल्लो वर्ष सिमेन्ट मिलबाट प्रतिघण्टा २० मेट्रिक टनका दरले उत्पादन भइ रहेकोमा मर्मत सम्भारपछि यसवर्ष प्रति घण्टा ४३ मेट्रिकटनका दरले उत्पादन भएको छ। यसबाट उत्पादन बढनुका साथै विद्युत् खपतमा समेत मितव्ययिता भएको उद्योगले जनाएको छ ।
विज्ञप्ति :