सिमकोट– खार्पुनाथ गाउँपालिका–४ का दुई वटा गाउँले आफ्नो गाउँ मात्र होइन, छिमेकी गाउँपालिकालाई बिक्री गर्ने टमाटर उत्पादन गर्न सफल भएका छन्। घरघरमै टनेल बनाएर टमाटर खेती सुरु भएपछि टमाटरमा आत्मनिर्भर हुनुका साथै आम्दानीसमेत बढाउन किसान सफल भएका छन्। बिहानै सदरमुकाम सिमकोटमा टमाटर बिक्री गर्न आएका छिप्रा गाउँका प्रगति रावलले गाउँभरि टमाटर उत्पादन हुन थालेको बताइन्। […]