जनकपुरधाम : गृहमन्त्री बालकृष्ण खाणले मैथिली विकास आयोग गठनका लागि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले ठोस कदम चाल्ने बताएका छन्। मंगलवार जनकपुरधाममा मैथिली विकास कोषले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मैथिली भाषाको विकासका लागि आयोग गठन गर्न कोषका अध्यक्ष जीवनाथ चौधरीले बुझाएका ज्ञापन पत्रमार्फत गरिएको मागलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले…