जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीसहितका शीर्ष नेताले नागरिकताबारे दिएको अभिव्यक्तिप्रति आपति जनाएका छन्। सोमबार लोसपाद्वारा जनकपुरधाममा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ठाकुरले आफूहरुले नागरिकताको समस्या समाधान गर्न माग गर्दा बेवास्ता गरिएको बताए। उनले भने, ‘अस्ति नेताहरु यहाँ आएर अब संसद सुरु भएपछि नागरिकताको समस्या समाधान हुने बताएको सुनेँ। हामीले उनीहरुलाई नै […]