बाढी र पहिरेका कारण बिजुलीको पोल ढल्दा लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा आज बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए। सडकभन्दा माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएपछि कुनै पनि सवारी साधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् ।अधिकारीले भने, “पहिरो पनि आएको छ, बिजुलीको पोल हटा