कृष्णप्रसाद चौहान, कपिलवस्तु ।
हेर्नुस् न, ७ वर्ष भइहाल्यो, छोराले फोन नगरेको ! कस्तो अवस्थामा होला अहिले । मन वेचैन भइरहन्छ । शिवमोहन चौहान हो छोराको नाम । ११ वर्ष पहिले सन् २०१२ मा भारतको बाटो भएर कुवेत गएको थियो । नियमित पैसा पठाइरहन्थ्यो । त्यही बेला आफू कुवेत जाँदाको ६० हजार रुपैयाँ ऋण पनि तिर्याे । कुवेतमा अढाइ वर्ष बसेर घर फर्कियो । घर आउँदा भने उ भारतबाट नभएर काठमाण्डौको त्रिभुवन विमानस्थलबाटै आएको थियो । साथमा फर्किने टिकट पनि थियो । बिदामा आएको हो भन्थ्यो । चार महिना घर बसेर फेरि कुवेत गय...