जबरजस्ती करणीमा दोषी करार भइ कारागार चलान भएका पीडकले जेलबाटै फोन गरेर आफूलाई धम्क्याएको भन्दै पीडित युवतीले प्रहरीमा उजुरी दिएकी छन् । काठमाडौं जिल्ला अदालतले गत असोज २२ मा गरेको फैसलाअनुसार ७ वर्ष सजाय पाएका नुवाकोटका पशुपति मैनालीले डिल्लीबजार कारागारबाट पटक पटक फोन गरेर धम्की दिने गरेको पीडित सिंहदरबार–८४ ले बताएकी छन् ।