क्षमता विस्तारका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो महत्त्वाकाङ्क्षी परियोजनाको विधिवत् थालनी गरेको छ । नर्भिक अस्पतालले ८ तले अत्याधुनिक भवन निर्माणको कामलाई नयाँ वर्षको दिनदेखि सुरुवात गरेको हो ।हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा क्यान्सर उपचारको अत्याधुनिक सुविधासहितको सेवा विस्तार गर्ने उद्देश्यले भवन निर्माणको काम थालिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । नर्भिकको आज २९ औँ वार्षिकोत्सव समेत हो । वार्षिकोत्सवको अवसर पारेर भवन निर्माणको कामको सुरुवात गरिए