त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले अत्याधुनिक भवनको निर्माण सुरु गरेको छ । कीर्तिपुरस्थित विश्वविद्यालय परिसरको गान्धी भवनसँगै ७ हजार ८ सय ७५ स्क्वायर मिटर क्षेत्रफलमा भवन निर्माण सुरु भएको हो । डिजाइनअनुसार २ हजार ७ स्क्वायर मिटरमा मूल भवन र थप चारवटा साना भवन बन्नेछन् ।