हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल देवघाट धाम पहिरोका जोखिममा परेको छ । देवघाटको वेणी सङ्गमस्थल नजिक त्रिशूली नदीतर्फ सुक्खा पहिरो जान थालेपछि देवघाट धाम जोखिममा परेको हो । विनाशकारी भूकम्प पश्चात पहिरो जान सुरु भएको देवघाट धाममा पटकपटक पहिरो खस्दै आएको छ । देवघाटको वेणी सङ्गम नजिकै त्रिशूली नदी तर्फको भागबाट सुक्खा पहिरो जान थालेपछि यहाँ १० रोपनीभन्दा बढी जमिन तथा आठ कुटीमा पूर्ण क्षति पुगिसकेको छ । पुनः आज बिहान गएको सुक्खा पहिरोका कारण वेणी सङ्गममा स्नान गर्न जाने पद