कर्णाली । कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका-२ कालीकोटको आम्तडामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शान्तिघाटदेखि जितेगाडका लागि छुटेको मानसरोवर यातायातको क १ ज २३ नम्बरको जीप दुर्घटना हुँदा करिब २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।