कालीकोटमा जीप दुर्घटना : एकको मृत्यु, ११ घाइते

कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–२ कालीकोटको आम्तडामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शान्तिघाटदेखि जितेगाडका लागि छुटेको मानसरोवर यातायातको क १ ज २३ नम्बरको जीप दुर्घटना हुँदा करिब २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । घाइते पाँचको अवस्था गम्भीर भएकाले हेलिकप्टर बोलाइएको तर मौसम खराबीका कारण बीचैबाट फर्केको प्रवक्ता श्रेष्ठले बताए ।

सम्बन्धित सामग्री

कालीकोटमा जीप दुर्घटना : एकको मृत्यु, ११ घाइते

कर्णाली । कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका-२ कालीकोटको आम्तडामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शान्तिघाटदेखि जितेगाडका लागि छुटेको मानसरोवर यातायातको क १ ज २३ नम्बरको जीप दुर्घटना हुँदा करिब २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

इलामको देउमाईमा जीप दुर्घटना: एकको मृत्यु, ११ घाइते

इलाम – इलामको देउमाईमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।  झापाबाट पाँचथरको फिदिम जाँदै गरेको मे १ ज २६५७ नम्बरको जीप इलामको देउमाई नगरपालिका १ को देउमाईमा दुर्घटना भएको थियो ।  मंगलबार भएको दुर्घटनामा पाँचथर,राँके बजारका ३५ वर्षीय चन्द्र बहादुर दमाईको घटनास्थल...

इलाममा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते

पाँचथर : झापादेखि पाँचथरको फिदिम आउँदै गरेको मे १ ज २६५६ नम्बरको जीप इलामको देउमाई नगरपालिका–१, देउमीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। मृत्यु हुनेमा पाँचथरको राँके बजारका अन्दाजी ३५ वर्षीय चन्द्रवहादुर बाग्दास छन्। दिउँसो करिव साढे तीन बजे दुर्घटना हुँदा बाग्दासको घटनास्थलमै मृ...