नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ५ दिने जापान भ्रमणका क्रममा शनिबार बिहान टोकियो पुगेका छन् । नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा दाहाललाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीलगायतका दूतावासका अधिकारी पुगेका थिए । त्यस्तै जनप्रगतिशील मञ्च, जापानका पदाधिकारीसहित प्रवासी नेपाली पनि उनको स्वागतमा पुगेका थिए ।