जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, अस्पताल लगियो

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा ढलेपछि अस्पताल लगिएको छ । रोयटर्सका अनुसार उनको शरीरबाट रगत बगिरहेको थियो ।आबे ढल्नुअघि बन्दुक पड्केको जस्तो आवाज सुनिएको र एक संदिग्ध पुरुषलाई पक्राउ गरेको एनएचकेले जनाएको छ ।  एनएचकेका सम्वाददाताका अनुसार आबेको भाषणका दौरान दुईपटक केही पड्केको आवाज सुनिएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित सामग्री

सिन्जो आबे हत्या प्रकरण : विवादस्पद धार्मिक अभियानले निम्त्याएको परिणाम

काठमाडौं । गत असार २४ गते जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भयो । चुनावी सभालाई सम्बोधन गरिरहेको समयमा उनलाई ४१ वर्षीय एक व्यक्तिले गोली प्रहार गरेका थिए । हाल उनी प्रहरीको नियन्त्रणमा रहेका छन् भने प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धानको अन्तिम निष्कर्ष आउन अझै बाँकी नै रहे तापनि उनले प्रहरी समक्ष दिएको एक […]

सिन्जो आबे जो जापानलाई पुनः सैन्यशक्ति बनाउने सपना देख्थे

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार चुनावी प्रचारका क्रममा देशको पश्चिमी सहर नारामा गोली प्रहार भयो । उपचारको क्रममा आबेको अस्पतालमै मृत्यु भयो । आबेमाथि गोली प्रहार हुँदा उनी जापानको माथिल्लो सदनको नजिकिँदै...

राजनीतिक हिंसा लगभग नहुने जापानमा बन्दुक आक्रमणबाट सधैँका लागि ढले सिन्जो आबे

शुक्रबार जापानको नारा सहरमा पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भयो । गोली लागेपछि ढलेका आबेको अन्ततः निधन भयो ।स्थानीय समयअनुसार बिहान ११ः३० बजेको समयमा जापानको दक्षिणपश्चिम नारा सहरमा आबेमाथि गोली हानिएको थियो । आइतबार हुने माथिल्लो सदनको चुनावमा आबेले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टीका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेका थिए । ठिक त्यसै बेला आबेमाथि गोली हानिएको थियो । उनको घाँटी र छातीमा गोली लागेको अधिकारीहरूले बताएका छन् ।आबेमाथि पछाडिबाट गोली प्रहार गरिएको थियो । गोली लागेपछि ढलेर बेहोस भएका उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँदासम्म उनका मुख्य अंगहरूले काम गर्न छाडिसकेका थिए । अन्ततः डाक्टरहरूले उनलाई मृत घोषणा गरे ।आबेमाथि गोली प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले समातेर हिरासतमा राखेको छ।यामागामी नारा सहरकै बासिन्दा भएको पाईएको छ । सन् २००२ देखि २००५ सम्म उनले जापानको म्यारिटाइम सेल्फ डिफेन्स फोर्समा काम गरेको बाहेक अन्य कुराहरु उनको बारेमा बाहिर ल्याईएको छैन । अधिकारीहरूका अनुसार आबेमाथि आक्रमण गर्न यामागामीले घरमै बनाएको हतियार प्रयोग गरेका थिए । जापानमा सर्वसाधारण नागरिकले बन्दुक राख्ने पालना गर्नुपर्ने कानुन अत्यन्त कडा छ । १३ वटा चरण पार गरेपछि मात्रै नागरिकले बन्दुक राख्न पाउँछन् । बन्दुक राख्न चाहनेले सुरूमा हन्टिङ क्लबमा भर्ना हुनुपर्छ । त्यसपछि बन्दुक चलाउने विषय पढ्नुपर्छ र लिखित परीक्षा उत्तीर्ण गर्नुपर्छ । त्यसपछिको चरणमा चिकित्सकहरुले मानसिक स्वास्थ्य ठिक भएको र दुर्व्यसनमा नफसेको प्रमाणित गर्नुपर्छ ।बन्दुक कसरी राख्ने भन्ने बारे छुट्टै कोर्सको अध्ययन गर्नुपर्छ । बन्दुक राख्न चाहन्छु भनेर यी निवेदन दिएर यी चरण पार गरेपछि त्यहाँको प्रहरीले के प्रयोजनका लागि बन्दुक राख्न लागेको हो भनेर अन्तर्वार्ता लिन्छ । प्रहरीले नै सुक्ष्म रुपमा बन्दुक राख्न चाहने व्यक्तिको छिमेकीसँगको सम्बन्ध, पारिवारिक र आर्थिक अवस्था बारे गहिरिएर अध्ययन गर्छ । यी सबै चरण पारेपछि प्रहरीले नै बन्दुक राख्ने ठाउँको अनुमगन गर्छ । त्यसैले जापानको बन्दुक कानुन कडा मानिन्छ । दोस्रो विश्वयुद्धपछि शान्तिवादी संविधान अँगालेको जापानको अन्तराष्ट्रिय रुपमै शान्त देशका रुपमा चिनिन्थ्यो । जापानमा राजनीतिक हिंसा लगभग हुँदैनथिए । दोस्रो विश्वयुद्धमा पराजित भएपछि जापानले अमेरिकाले बनाईदिएको शान्तिवादी संविधान अँगाल्दै आएको छ ।जापानमा यसअघि सन् १९९४ मा पूर्वप्रधानमन्त्री मोरीहिरो होसोकावामाथि एक होटलमा आक्रमण भएको थियो । तर उनलाई केही हुन पाएन । त्यसपछि शीर्ष नेतामाथि भएको आक्रमण नै यहीँ हो । आबे जापानमा बिरलै हुने राजनीतिक हिंसाको शिकार बने । सन् २००६ मा पहिलोपटक उनी जापानको प्रधानमन्त्री बनेका थिए । त्यतिबेला १ वर्षमै राजीनामा दिएका थिए । सन् २०१२ मा उनको पार्टीले बहुमत ल्यायो । आबे फेरि प्रधानमन्त्री बने । २०१२ मा प्रधानमन्त्री भएकाले उनले ८ वर्ष कार्यकाल सम्हाले । लगातार यति लामो अवधिसम्म जापानी प्रधानमन्त्री हुने उनी पहिलो व्यक्ति हुन् । कार्यकाल सकिन बाँकी छँदै आबेले सन् २०२० मा स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिए। सन् १९५७ देखि १९६० सम्म जापानका प्रधानमन्त्री बनेका आबेका हजुरबुवा किसी नोबुसुकेको पनि हत्या प्रयास भएको थियो । एजेन्सीहरुको सहयोगमा

अझै होसमा आएका छैनन् गोली लागेका जापानी पूर्वप्रधानमन्त्री आबे

चुनावी अभियानका क्रममा गोली प्रहार भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे केही घन्टाको उपचारपछि पनि होसमा आउन सकेका छैनन्।