नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षण गरी आज स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर उनी आज स्वदेश फर्किएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
पूर्वप्रधानमन्त्री खनाल आफ्नी धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित गत माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका थिए। चिकित्सकका अनुसार खनालको स्वास्थ्यावस्थामा सुधार भएको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।