६ भदौ, काठमाडौं । थ्रीस्टार क्लबले नयाँ सिजनअघि गोलकिपर रोशन गुरुङलाई अनुबन्ध गरेको छ । टुसाल युथ क्लबबाट यसअघि बी डिभिजन लिग खेलेका रोशनलाई थ्रीस्टारले ए डिभिजन लिगका लागि भित्र्याएको हो । रोशनलाई आइतबार अनुबन्ध गरेको ललितपुरको क्लब थ्री स्टारले जनाएको छ । सन् २०१६ मा सानोगौचरण युथ क्लबबाट सी डिभिजन खेल्दै फुटबल करिअर शुरु […]