काठमाडौं : रोजगारीका लागि इजरायल जाने श्रमिक छनौटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।वैदेशिक रोजगार विभागले सोमबार लिएको अंग्रेजी भाषाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। लिखित परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएकोमा २ हजार ३९ जना उत्तीर्ण भएका छन्।उत्तीर्ण हुनेमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन्। भाषा परीक्षा उत्तीर्णलाई अब उचाई र तौल परीक्षण तथा अन्तर्वार्तामा सहभागी गराइने विभागले जनाएको छ।इजरायल जाने श्रमिकले एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्नेछ।