तिलागुफा नगरपालिकास्तरीय बाल संजालको अध्यक्षमा निर्वाचित भएपछि १५ वर्षीया किशोरी नमूना रोकायाले आफ्नो घरबाटै छाउपडी प्रथा र जातीय विभेद विरुद्ध आवाज उठाउने प्रतिबद्धता गरिन् । पहिलो पटक नगरस्तरीय बाल संजालको अध्यक्षमा निर्वाचित भएपछि छोरीले पनि नेतृत्व गर्न सक्छन् भन्ने सन्देश दिन सफल भएको सुनाउँदै तिलागुफा नगरपालिकाले बालबालिकाको अर्थपूर्ण सभागितामा जोड दिनुपर्ने माग राखिन् ।