सिन्धुपाल्चोक अब गाई–भैँसी ‘जोन’

सिन्धुपाल्चोक जिल्लालाई गाई–भैँसी जोन बनाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन समन्वय समितिले बुधबार जिल्लालाई दुध र आलु पकेट क्षेत्र रहेको निष्कर्षसहित कृषि तथा पशुको उत्पादन तथा प्रवद्र्धन गर्न ‘जोन’ घोषणा गरी टेक्निकल गाइडलाईन निर्माण गर्न समितिले माथिल्लो तहमा सिफारिस गरेको हो । यस अधि जिल्लालाई मकै पकेट क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले जनाएको छ । समितिले मकै पकेट क्षेत्रलाई थप प्रवद्र्धन गर्दै दुध र आलु उत्पादनका लागि थप कार्याक्रम लागु गर्ने र त्यसपछि कफी, मासु र माछा उत्पादनका कार्यक्रम क्रमशः लागु गर्न सहमति जनाएको छ । किसानले प्रत्यक्ष र नियमित आम्दानी गर्ने दुध ब्यवसायलाई प्रवद्र्धन गरिनु आवश्यक रहेको चौतारा साँगाचोकगढी नगरपालिका–४ का अध्यक्ष चुडामणी नेपालले बताउनुभयो । जिल्लाबाट वार्षिक ९८ करोडको दुध निर्यात हुने आँकलन गरिएको छ । जिल्लालाई गाई–भैसी जो रुपमा दर्ज गराएपछि उत्पादनमा थप वृद्धि गरी दुधजन्य परिकार उत्पादनका कार्यक्रम सुरु गरिने इकाईका प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो । मकै उत्पादनले वीउ, च्याख्ला, पीठो, दाना र खोस्टाको चकटी, झोला, टोपीलगायतका सामाग्रीले राम्रो बजार पाएको औल्याउँदै दुध उत्पादनमा एकीकृत योजना अनुसारकै प्रतिफल प्राप्त हुने मेलम्ची नगरपालिका प्रमुख डम्वर अर्यालले धारणा राख्नुभयो ।

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति

क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन भएको छ।...

सिन्धुपाल्चोक १ को मतगणना रातिबाट मात्रै हुने

सिन्धुपाल्चोक १ मा मतपेटिका संकलन हुन समय लाग्दा मतगणना ढिला सुरु हुने भएको छ ।

सिन्धुपाल्चोक-१ मा सापकोटाले दिए उम्मेदवारी

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रमा माधव सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको भागबण्डामा सिन्धुपाल्चोक-१ माओवादी केन्द्र र सिन्धुपाल्चोक-२ नेपाली कांग्रेसले लिएको थियो । यसअघि अग्निप्रसाद सापकोटाले जित्दै आएको क्षेत्रमा माओवादी केन्द्रले युवा नेता सापकोटालाई टिकट दिएको हो । माओवादी केन्द्रको पोलिटब्युरो र सिन्धुपाल्चोक जिल्ला इन्चार्ज […]

सिन्धुपाल्चोक कांग्रेसले सिफारिस गर्‍यो उम्मेदवार

आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोक कांग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिले उम्मेदवार छनोट गरेर जिल्ला कार्यसमितिमा पठाएको हो । दुई प्रतिनिधिसभा र...

सिन्धुपाल्चोक कारागारमा थुनुवाको मृत्यु

सिन्धुपाल्चोक : जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षको लागि थुनामा रहेका कैदीको मृत्यु भएको छ। सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो। शनिबार बिहान रिंगटा लागेर ढलेका गाेलेलाई उपचारको लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद  चौधरीले जानकारी दिए। गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो। मृतकको आफन्त आ

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा जंगबहादुर

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा संस्थापन पक्षका जंगबहादुर तामाङ विजयी भएका छन् । उनले कोइराला पक्षका वंशलाल तामाङलाई पराजित गरेका हुन् । जंगबहादुरले दोस्रो चरणको निर्वाचनमा खसेको १७ सय ८७ मध्ये नौ सय १२...

सिन्धुपाल्चोक कांग्रेस : सभापतिमा चार जनाकाे दाबी

१४ औं महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोक कांग्रेसको जिल्ला अधिवेशन २७–२८ फागुनमा हुँदैछ ।  सभापतिमा चार महाधिवेशन प्रतिनिधिले दाबी प्रस्तुत गरेका छन् । नेपाल तरुण दल सिन्धुपाल्चोक अध्यक्षसमेत रहेका दोर्जे लामा, इन्द्रावती गाउँपालिका...

एमाले सिन्धुपाल्चोक अध्यक्षमा नेपाल

सिन्धुपाल्चोक, २८ माघ: नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन भएका छन् । नवौ जिल्ला अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको एक महिनापछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । जिल्ला कमिटीका उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत तथा उपसचिवमा सुशीला पाख्रिन र चिरन तामाङ चयन भएका छन् । यस्तै जिल्ला कमिटी सदस्य पनि सर्वसम्मत […]

एमाले सिन्धुपाल्चोक अध्यक्षमा नेपाल निर्वाचित

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन भएका छन् ।

सिन्धुपाल्चोक काँग्रेस सभापतिमा दुई उम्मेदवारको प्रतिस्पर्धा

सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोक सभापतिका लागि संस्थापन र इतरपक्षबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । जिल्ला सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला पक्षबाट क्रमशः क्षेत्र नं। १ का प्रेमध्वज लामा र २ का वंशलाल तामाङ चुनावी मैदानमा छन् । काँग्रेसले पुस २७ मा जिल्लाको पार्टी अधिवेशन गर्ने सबै तयारीसहित समय […]