‘अब त कहिलै कोरोना नआओस्’, पोखराको फेवा किनारमा विगत एक दशकदेखि डुंगा चलाउँदै आएकी मीना भुजेलको प्रार्थना हो यो । मीनाझैं यस्तै प्रार्थना गर्ने माझीहरु फेवाताल वरपर थुप्रै भेटिन्छन्, जसले डुंगा चलाएरै साँझ बिहान चुल्होमा आगो बालिरहेका छन् अनि बालबच्चा पढाइरहेका छन् । उनीहरू अझै त्रसित छन्, सशंकित छन्, ‘फेरि कोरोना महामारीको मारमा परिने पो हो कि !’ यद्यपि अब मीना जस्ता धेरै माझीको अनुहारमा चमक आउन थालेको छ । आफ्नो व्यवसाय पुरानै लयमा फर्कनेमा उनीहरु विश्वस्त छन् । &ls