प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको छ । सत्तारूढ दलका सांसदहरुले सो प्रस्ताव आइतबार बिहान सवा १० बजे सिंहदरबारस्थित सचिवालयमा दर्ता गराएका हुन् । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ ।संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार सो प्रस्तावको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका पुष्पा भुसाल […]