हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम सच्याउन सत्तापक्ष र प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले माग गरेका छन्।बिहीबार सरकारले प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईमार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। शुक्रबार बसेको संसद बैठकमा सोही नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा प्रदेशसभा सदस्यहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रम हावादारी भएको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन्। नीति तथा