मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलियास्थित होटलमा बन्धक बनाएर ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । माघ ८ मा बलियास्थित श्रेष्ठ होटल एण्ड फेमेली लजमा ३ जनाले सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले होटल सञ्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई यसअघि नै पक्राउ गरेको थियो ।मंगलबार थप दुईजनालाई पक्राउ गरिएको मोरङका एसपी जनार्दन जिसीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का २५ वर्