अभया सुब्बा भन्छिन्- अहिले एल्बम गर्नु भनेको रचनात्मक बर्बादी मात्रै हो

काठमाडौं । रकस्टार अभया सुब्बाका पछिल्ला केही फेसबुक स्टाटस हेर्दा लाग्छ, उनी सामाजिक सञ्जालले बदलेको सांगीतिक ट्रेण्डलाई लिएर केही गम्भीर छिन् । अक्टोबर २८ मा उनको फेसबुक पोस्ट छोटो तर अर्थपूर्ण थियो । यो स्टाटसमा उनले कसरी टिकटकजस्ता नयाँ मिडियासँग लडाइँ लड्दैछिन् भन्ने कुराको आत्मबोध उल्लेख छ । उनले लेखेकी थिइन्, ‘विश्वका अनुसार विशेषगरी नेपालमा । […]

सम्बन्धित सामग्री

२४ घण्टा पनि टिकेन अभया सुब्बाको ध्वाँस, सन्दीपविरुद्धको पोस्ट हटाइन्

काठमाडौं । नेपाली मूलकी भारतीय गायिका अभया सुब्बा वाइजे (पछि स्वीस नागरिकसँग विहे गरेकी) ले हिजो आफ्नो फेसबुकमा एउटा पोस्ट गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई समर्थन गर्नेहरुले आफूलाई फ्रेन्ड लिस्टबाट हटाउन ‘ध्वाँस’ दिइन् । तर, उनको ध्वाँस २४ घन्टा पनि टिक्न सकेन । आफ्नो पोस्टमा अत्यधिक नकारात्मक टिप्पणीहरु आएपछि अभयाले पोस्ट नै डिलिट गरिदिएकी छन् । […]

संगीत वार्ता: ‘गायक गाउँदै छ कि लिप–सिंक गर्दैछ ?’

‘अभया एन्ड द स्टिम इन्जिन्स’ की प्रमुख अभया सुब्बा नेपाली रक–पप संगीतप्रेमीमाझ चर्चित् छिन् । आफूलाई कोरियाली सांगीतिक समूह ‘बीटीएस’ को प्रसंशक बताउने उनी संगीतमा महिलाको उपस्थिति बढाउन बर्सेनि ‘विमेन इन कन्सर्ट’ आयोजना गर्छिन् । रक संगीत, महिला संगीतकर्मी र प्रविधिबारे सुब्बासँग सजना बरालको कुराकानी :

अभया सुब्बाको नेपाली रक ब्याण्डको बीस वर्ष : विश्व टूरदेखि एल्बम रेकर्डको घोषणा

काठमाडौं । नेपाली रक एण्ड रोल ब्याण्ड ‘अभया सुब्बा एण्ड द स्टिम इन्जिन्स’ले आज २० औ बर्षगाँठ मनाउँदैछ । सांगीतिक यात्राको यो विन्दूमा आइपुगेको ब्याण्डले आज सेलिव्रेसन समारोह समेत आयोजना गरेको छ । दुई दशक पुगेको सन्दर्भमा विज्ञप्ति जारी गर्दै ब्याण्डले एल्बम रेकर्ड गर्ने घोषणा गर्दै सन् २०२३ मा विश्व टूरको योजना सार्वजनिक गरेको छ […]

स्टेजमा उत्रेकै कारण मार्नेसम्मको धम्की आयो : अभया सुब्बा (भिडियो वार्ता)

काठमाडौं । नेपालमा रक गीतहरू गाइरहेका गायक/गायिका तथा ब्यान्ड औँलामा गन्न सकिनेछन् । मुक्ति एन्ड रिभाइभल, १९७४ एडी, अभया एन्ड द स्ट्रिम इन्जन्स्, एज ब्यान्ड, एल्बट्रसलगायत ब्यान्डका कतिपय सदस्यहरू तितरबितर भइसकेका छन् । तर, अभया एन्ड द स्टिम इन्जन्स्की गायिका अभया सुब्बा लामो समयदेखि निरन्तर गायनमा सक्रिय छिन् । उनी नेपालमा...

निर्भिक अभयाको भयभित समय र डिप्रेसनसँगको विद्रोह

लैजाउ मलाई, कतै कहीँ टाढा टाढा, थाकी सकेँ, कुर्दा कुर्दै,  अल्झिएका ती सपना प्यारा...कोभिड महामारीसँगै थुनिएकी एक सर्जकका गुनासाका पंक्ति हुन् यी । कयौं सपना र योजनामा महामारी भारी बन्दा कोरिएका शब्दहरू हुन् । ‘घर भित्रै बस्दा बस्दा सपनाहरू थाकि सके, अहँ समयले कतै कहीँ जान दिएन,’ गायिका अभया सुब्बा भन्छिन्, ‘अब त कतै टाढा लैजाउ मलाई, अल्झिएका सपना पूरा गर्न देउ भनेर लेखेँ । ’कोरोनाकै कारण २०७६ चैत ११ पछि साँच्चै थुप्रैका सपना टुटे, योजनाहरू भत्किए । अझ कल

भ्वाइस अफ नेपालबाट आफूलाई निकाल्नुको कारण माग्दै अभया सुब्बा :: Pahilopost.com

काठमाडौं: केही साताअघि गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को औपचारिक घोषणा गरिएको थियो। जसमा राजु लामा र आस्था राउतले यो सिजनको नयाँ कोचको रुपमा इन्ट्री गरेका छन् भने सनुप पौडेल र अभया सुब्बा आउट। पहिलो सिजनको कोचमा अभया सुब्बा, प्रमोद खरेल, सनुप पौडेल र दीप