जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह

जनता समाजवादी पार्टी नेपालले संसदीय दलको प्रमुख सचेतकमा सो पार्टीका कार्यकारिणी सदस्य प्रमोद साहलाई नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले उनको नियुक्ति बारेमा संघीय संसद सचिवालयलाई जानकारी गराएका छन् । ‘जसपा संसदीय दलको विधान, २०७८ को धारण १३ (१) अनुसार सर्लाही जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा प्रतिनिधित्व गर्नुहुने साहलाई यस दलको प्रमुख सचेतकमा नियुक्त गरिएको छ’, नियुक्ति पत्रमा भनिएको छ ।सर्लाहीका सांसद समेत रहेका साह पूर्व राजपा पक्षका हुन् । उनले पा

सम्बन्धित सामग्री

स्थानीयको आक्रमणबाट सांसद साह घाइते, हेलिकोप्टरबाट काठमाडौं लगियो

सर्लाही : ईश्वरपुर नगरपालिका-६, बयलवासमा शनिबार बिहान क्लबको भवन निर्माणका विषयमा झडप हुँदा जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नं १ का सांसद प्रमोद साह गम्भीर घाइते भएका  छन्।घाइते साहको  बयलवास एक अस्पतालमा उपचारपछि थप  उपचारका लागि काठमाडौं लगिएको छ। टाउकोमा चोट लागेर गम्भीर घाइते साहलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको हो। झडपमा परेर साहका अङ्गरक्षक प्रहरी सहायक निरीक्षक असई विनोदप्रसाद यादव पनि घाइते भएका छन्।यस्तै, सांसद साहको गाडीमा प

जसपाले टुंग्यायो सरकारमा सहभागी हुने मन्त्रीको नाम

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ । जसपाले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा बागमती प्रदेशबाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको नेता मोहम्मद इश्तियाक राईले बताए। उनीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाइएको छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा […]

जसपाले बुझायो प्रधानमन्त्रीलाई नाम, को हुँदैछन् मन्त्री?

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट सहभागी हुने मन्त्री चयन गरेको छ। अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले मन्त्रीको नाम छानेका हुन्। जसपाले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा बागमती प्रदेशबाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको नेता मोहम्मद इश्तियाक राईले बताए। उनीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेको उनको भनाइ छ। जसपाले भौत

जसपाले छान्यो मन्त्री, यी हुन् छानिएका ४ भाग्यशाली नाम

जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री चयन गरेको छ । जसपाले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा प्रदेश ३ बाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय भएको जसपा नेता मोहम्मद ईश्तियाक राईले जानकारी दिए । 'शेबदे (शेरबहादुर देउवा) नेतृत्व सरकारमा केन्द्रीय अध्यक्ष मा. उपेन्द्र यादवजीको निर्णयले #प्रदेश- २ बाट मा. रेणु यादव, मा. रामसहाय प्र.यादव र मा. प्रमोद साह # प्रदेश-३ बाट मा. राजेन्द्र प्र. श्रेष्ठलाई मन्त्री बनाउने निर्णय भऐको हुँदा नवनियुक्त मन्त्रीज्यूहरूलाई हार्दिक बधाईसहित कार्यकाल सफलताको शुभक...

यी हुन् महन्थलाई छाडी उपेन्द्र पक्षमा जाने ५ जसपा सांसद

काठमाडौं, २ साउन । सत्ता परिवर्तन भएलगत्तै जनता समाजवादी पार्टीभित्र गुट परिवर्तन सुरु भएको छ । जसपाको महन्थ ठाकुर पक्षबाट ५ सांसद उपेन्द्र यादव पक्षमा गएका छन् । आज बसेको जसपा संसदीय दलको बैठकमा ५ ठाकुर पक्षधर सांसद सहभागी भएका हुन् । उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी हुनेहरुमा प्रमोद साह, रुही नाज, अमृता […]

ठाकुर पक्षका पाँच सांसद लागे उपेन्द्र यादव पक्षमा

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षतिर लागेका छन्। यसअघि ठाकुर पक्षमा रहेका प्रमोद साह,अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल यादव लागेका हुन्। प्रमोद साहबाहेक अरू समानुपातिक सांसद हुन्। यी पाँच बाहेक अरू ५–७ जना सांसद आफूहरूको समूहमा आउने तयारी भइरहेको यादव पक्षका कार्यकारिणी सदस्य डम्बर खतिवडाले बताए।

जसपाका चार सांसदले छाडे ठाकुर पक्ष, उपेन्द्र यादव समूहको बैठकमा सहभागी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का चार सांसदले आफ्नो स्थान परिवर्तन गरेका छन् । महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै उपेन्द्र यादव पक्षमा लागेका हुन् । पार्टी कार्यालय, बालकुमारीमा जारी रहेको संसदीय दलको बैठकमा प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् । उनीहरुले अरु पनि आउने दाबी […]

६ जना सांसदले छाडे ठाकुरको साथ

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन्। ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै गएको छ।बैठकमा ठाकुरसँग निकट मानिएका राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल अनुपस्थित छन्। बैठकमा सहभागी नभएकामध्ये प्रमोद साह, अमृता अग्रहरी र रानी मण्डलले कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको चर्चा पार्टीभित्र सुरु भएको छ। केपी

अब एमाले र जसपाको संयुक्त सरकार बन्नसक्छः प्रमोद साह

काठमाडौं। नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त सरकार बन्ने भएको छ।राष्ट्रपतिले ७६(५) अनुसार आज साँझसम्म नयाँ सरकार गठनको लागि दिएको समयसीमामै एमाले र जसपाले सरकारको दाबी गर्ने तयारी गरेको छ। जसपा सांसद प्रमोद साहले देखापढीसँग भने, “हामी नयाँ सरकारका लागि दाबी गर्छौं, हाम्रो माग पूरा भएकाले सरकारमा जाने ढोका खुलेको रुपमा बुझ्दा हुन्छ।” दलको बैठकले निर्णय गर्ने उनले बताए।

जसपा सांसद प्रमोद साह भन्छन्- सरकार बनाउने पक्षसँग अब कुनै छलफल गरिँदैन

काठमाडौं। जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले सरकार बनाउने पक्षसँग अब कुनै छलफल नहुने बताएका छन्। आज देखापढीसँग सांसद साहले भने, "हामी त सरकार नबनाउने मान्छे हो, सरकार बनाउने मान्छेसँग के बैठक बस्ने? अधिकार र पहिचानको लडाइँमा हामी उभिएका छौं, माग पूरा गराउन लागेका छौं, अब उनीहरु(उपेन्द्र यादव)सँग बैठक हुन सक्दैन।" जसपाको शीर्ष नेताको बैठक आज पनि बस्ने भनिएको थियो।