नेपाल सरकार मन्त्रिपरिषद्को बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार साझ शुरू बैठकमा कोरोना संकट व्यवस्थापनबारे छलफल गर्ने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिशका आधारमा मन्त्रिपरिषद् बैठक केही महत्त्वपूर्ण निर्णय लिनसक्ने सम्भावना रहेको स्रोतले बतायो ।
बैठकमा कोरोना संक्रमण फैलिन नदिन लगाइएको निषेधाज्ञाको समीक्षा तथा संक्रमण फैलिन नदिने उपायबारे सीसीएमसीको प्रस्तावमा छलफल हुने बताइएको छ ।
...