काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डालाबेँसीमा भएको दुर्घटना अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा समिति गठन भएको छ । गृहमन्त्री बालकृष्ण खाणले भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा पाँचजनाको मृत्यु र १९ जना घाइते हुने गरी भएको दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरी नायब उपरीक्षक हरि खतिवडाको नेतृत्वमा घटनाको अनुसन्धानका लागि तीन सदस्यीय समिति बनाइएको हो । उनका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन् । ग