बीपी प्रतिष्ठानको ताला खोल्न औषधि व्यवसायीको माग

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि लगाइएको ताला खोल्न औषधि व्यवसायीले माग गरेका छन् । नेपाल औषधि व्यवसायी संघ एकाइ कमिटी धरानले हालै प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको सेवा सञ्चालनमा समस्या भएको भन्दै ताला खोल्न माग गरेको हो । इकाइका धरान संयोजक मचिन्द्र लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रतिष्ठानको पदाधिकारीहरूको कार्यकक्षमा ७६ दिनदेखि तालाबन्दीले प्रतिष्ठान सेवामा समस्या भएकोप्रति ध्यानाकर्षित गराइएको छ । साथै विश्वव्यापी कोरोना संक्रमणका अवस्थामा जनमानसमा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको गलत सूचना प्रवाह भएको भन्दै अविलम्ब ताला खोली सहज वातावरण बनाउन माग गरिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘विगत लामो समयदेखि शुद्धीकरणको नाममा प्रतिष्ठानमा सञ्चालित आन्दोलनका कारण प्रतिष्ठानमा आश्रित व्यवसायमा नकारात्मक प्रभाव पर्न गई व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति सृजना भएको छ, प्रतिष्ठानको विकृति, विसंगति, अनियमितता र उच्छृंखल कार्यले भोलि धरानकै भविष्य के हुने भन्ने विषय पनि टड्कारोमा रूपमा उठ्न थालिसकेको छ ।’ प्रतिष्ठानको तालाबन्दी खोली प्रतिष्ठान सञ्चालनको व्यवस्था मिलाउन पहल गरिदिन धरान उपमहानगरपालिकाका मेयर सहित वडाअध्यक्षहरूलाई पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

सम्बन्धित सामग्री

ठोरी नाका खोल्न व्यवसायीको माग

चितवन। चितवनका उद्योगी व्यवसायीले आर्थिक गतिविधि चलायमान बनाउन ठोरी नाका खोल्न माग गरेका छन् । ठोरी नाका सञ्चालन, देशमा देखिएको आर्थिक मन्दी र पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीको विषयमा उद्योग वाणिज्य संघ चितवनले राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ । उद्योग वाणिज्य संघ चितवनले आफ्नो कार्यालयमा चितवनका राजनीतिक दलका प्रमुखहरूलाई बोलाएर नाका सञ्चालनबारे ध्यानाकर्षण गर्दै समसामयिक विषयमा छलफल गरेको थियो । यो नाका सञ्चालनमा आए चितवनका उद्योग व्यवसायी र सर्वसाधारण नागरिकलाई धेरै सहज हुने संघको विश्वास छ । कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले वर्तमान आर्थिक मन्दी, ठोरी नाका सञ्चालन, पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, यातायातका साधनको पहुँच तथा व्यवस्थापन र व्यावसायिक अवस्थाबारे सबै राजनीतिक दलको ध्यानाकर्षण गराए । छलफलमा जिल्लास्थित राजनीतिक दलका नेताले सबैको उद्देश्य चितवनको आर्थिक विकास भएकाले साझा धारणा बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । छलफलमा हाल निर्माणाधीन गोन्द्राङ–पुलचोक सडक छिटो सम्पन्न गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने, पूर्वी चितवन, माडी र पश्चिम चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई यात्रु झार्ने र ओराल्ने गरी नारायणगढ बजार पुलचोक, पोखरा बसपार्क हुँदै बाइपास रोड परिक्रमा गराउने अवधारणा तय भएको छ । ठोरी नाका खुलाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल गर्न सबै राजनीतिक दलले मिलेर पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

लेकसाईडका होटल/रेस्टुरेन्ट आचारसंहिताले बाँधेर चौबिसै घण्टा खोल्न दिने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको निर्देशन र पर्यटन व्यवसायीको माग अनुसार फेवाताल लेकसाईडलाई चौबिसै घण्टा खोल्न दिने तयारी भएको हो...

लेकसाईडका होटल/रेस्टुरेन्ट आचारसंहिताले बाँधेर चौबिसै घण्टा खोल्न दिने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको निर्देशन र पर्यटन व्यवसायीको माग अनुसार फेवाताल लेकसाईडलाई चौबिसै घण्टा खोल्न दिने तयारी भएको हो...

सीमा नाका खोल्न लुम्बिनीका व्यवसायीको माग

२८ भदौ, बुटवल । लुम्बिनी प्रदेशका व्यवसायीहरुले कोरोना संक्रमण घट्दै गएकाले सम्पूर्ण सीमा नाका खोल्नुपर्ने माग गरेका छन् । लुम्बिनी नागरिक समाजको अगुवाइमा सोमबार व्यवसायीहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मुख्य नाकाबाटै आवतजावत गर्न …

इटहरीमा बन्द भए ९ होटल

सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरीको पश्चिमलाइनमा अवस्थित पेरिस होटल गत वर्षदेखि बन्द  छ । पहिलो चरणको कोरोनाबाट थला परेको होटल स्थानीय बैंकको कर्जा चुक्ता गर्न नसक्दा बन्द हुन पुगेको हो । त्यस्तै, इटहरी उपमहानगर– ६ बिपीचोकस्थित सगुन होटल यो वर्षको कोरोना संक्रमणका कारण बन्द भएको छ । लगानी उठाउनै मुस्किल परेपछि सगुन होटल पनि बन्द हुन पुगेको हो । यो वर्ष कोरोना संक्रमणकै कारण इटहरीमा साना–ठूला गरी ९ होटल बन्द भएका छन् । कोरोना महामारीबाट साना लगानीका होटल प्रभावित भएको होटल व्यवसाय संघ इटहरीले जनाएको छ । इटहरीमा गत वैशाखदेखि साउनसम्म ६ वटा साना र ३ ठूला गरी ९ वटा होटल बन्द भएको संघले बताएको छ । सरकारले जोखिमका बेला व्यवसायी हकहितका लागि लाभ हुने राहत प्याकेज ल्याउन नसकेपछि लाखाैं लगानी गरी खोलिएका होटल धमाधम बन्द हुने अवस्थामा पुगेको होटल व्यवसाय संघ इटहरीका उपाध्यक्ष प्रकाश महतो बताउँछन् । कोरोना महामारीले पिल्सिएका होटल व्यवसायीलाई सरकारले राहत दिन ठोस नीति ल्याउनुपर्ने महतोको माग छ । होटल व्यवसायसँगै पछिल्लो समय कोरोनाबाट प्रभावित बनेका पर्यटन व्यवसायीको पीडा पनि उस्तै छ । सरकारले कोरोना त्रास देखाउँदै अन्य क्षेत्रलाई खुला गरिरहँदा पर्यटनलाई सञ्चालनमा रोक लगाउँदै आएको छ । यसले पर्यटन व्यवसायीको करोडौं रुपैयाँको लगानी जोखिममा परेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक प्याकेज अघि सारेर स्थापना भएका करोडाैं रुपैयाँ लगानीका पर्यटकीय क्षेत्र सिजनका बेला पनि सुनसान छन् । बजार, व्यवसाय खोल्न अनुमति दिएजस्तै पर्यटकीय क्षेत्रलाई पनि मापदण्ड तोकेर सञ्चालन गर्न दिनुपर्ने व्यवसायीको माग छ ।  करिब ३० करोड रुपैयाँ लगानीमा हालै स्थापना भएको इटहरी–२ स्थित इपिल्यान्ड एन्ड वाटरपार्क सञ्चालनमा आउन नपाउँदै कोरोनाको कहरमा परेपछि  लगानी जोखिममा परेको सञ्चालक भीम पौडेल बताउँछन् । नेपालकै नमुना पार्क भनेर स्थापना गरिए पनि सञ्चालन हुन नपाएपछि करोडौं रुपैयाँ डुब्ने अवस्था रहेको उनको गुनासो छ । अन्य व्यवसाय सुरु भइरहँदा पर्यटन क्षेत्र स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाउनुपर्ने पर्यटन व्यवसायी बताउँछन् । कोरोना रोकथाम तथा न्यूनीकरणका लागि प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो हुँदै गए पनि पर्यटन क्षेत्रलाई अझै बन्दी बनाउँदा व्यवसायी मर्कामा परेको पर्यटनविद् तथा  होटल प्रिमियर एन्ड स्कुलका सञ्चालक सुनिल भुसाल बताउँछन् । सरकारले सबै नागरिकलाई खोपको ब्यवस्था गरी पर्यटन क्षेत्र सञ्चालनको अनुमति दिनुपर्ने अन्यथा मारमा परेका व्यवसायीलाई तत्काल राहत प्याकेज ल्याइनुपर्ने तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर मगरले बताए ।

फूटसल व्यवसाय खोल्न दिनुपर्ने व्यवसायीको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र

फूटसल व्यवसायीको छाता संगठन नेपाल फूटसल व्यवसायी संघले कोभिड–१९ संक्रमणका कारण फूटसल व्यवसायीमा परेको परिणामको असरलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई ज्ञापनपत्र बुझाएको छ ।कोभिडका कारण विगत २ महिनादेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञाका कारण सबै क्षेत्रले आफ्ना क्रियाकलापलाई ब...

गौरीफन्टा नाका खोल्न नेपाल र भारतका व्यवसायीको माग

नेपाल र भारतका व्यवसायीले सीमानाका सहज रूपमा खोल्न नेपाल सरकारसँग माग गरेका छन् । नेपाल भारतका सीमानाका गौरीफन्टा नाका बसेको बैठकमा दुबै देशका व्यवसायीले उक्त माग गरेका हुन्